सिड्नीको नेपाली खाना महोत्सवमा कुटुम्बको सांगीतिक उपस्थिति पनि हुने


अष्ट्रेलियाको महिनाव्यापी भ्रमणमा रहेको कुटुम्ब व्याण्डले आगामी शनिबार आयोजना हुन लागेको नेपाल खाना महोत्सवमा आफ्नो सांगीतिक उपस्थिति जनाउने भएको छ । सिड्नीमा कन्सर्टको लागि पुगेको कुटुम्बले खाना महोत्सवमा पनि अतिथिको रुपमा केही  सांगीतिक प्रस्तुति दिने तय भएको आयोजक संस्था टु टेबल्सले जनाएको छ । शनिबार हुने नेपाली खानाका परिकारहरुको महोत्सव सिड्नीस्थित बेलमोर पार्कमा हुनेछ । विहान विहान ११ बजेदेखि राति ७ बजेसम्म चल्ने महोत्सवमा प्रवेश निःशुल्क गर्न पाइनेछ । महोत्सवमा अष्ट्रेलियामै सञ्चालित विभिन्न रेष्टुरेन्टहरुले सहभागिता जनाउनेछन् । नेपालका विभिन्न शहरमा बाजेको सेकुवा व्रान्डमा प्रसिद्धि पाएको परिकारलाई सिड्नीवासीबीच पस्कने तयारी पनि भएको छ । आयोजकमध्येका एक सुरज प्रधानका अनुसार ककार्यक्रममा मम खाने प्रतियोगिता पनि हुनेछ । आयोजकले कार्यक्रममा सहभागी हुन र आफ्ना स्थानीय अष्ट्रेलियन साथीभाईलाई पनि कार्यक्रममा लिएर आउन आह्वान गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?