आँखा माग्दै पुगे नयाँशक्तिका संयोजक डा भट्टराई देउवाको दैलोमा


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नयाँशक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईबीच आज भेटवार्ता भएको छ । बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा उहाँहरुबीच समसामयिक राजनीतिक विषय, संविधान संशोधन र स्थानीय तहको निर्वाचनका बारेमा छलफल भएको थियो । सो अवसरमा डा भट्टराईले आफ्नो पार्टीले माग गर्दै आएको निर्वाचन चिह्नबारे राख्नुभएको जिज्ञासामा सभापति भट्टराईले सकारात्मक जवाफ दिनुभएको डा भट्टराईका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिनुभयो । नयाँशक्ति पार्टीले चुनाव चिह्नलाई लिएर केही दिनदेखि धर्ना कार्यक्रम गर्दै आएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?