प्रवासको साहित्य चहलपहल, ब्रिसबेनमा भयो काव्य वाचन


अष्ट्रेलियामा बसोबास गर्ने नेपालीभाषीहरुले भाषा, साहित्य र संस्कृतिको जगेर्नाका लागि नियमतिजसो विविध कार्यक्रम आयोजना गरिरहन्छन् । आफ्नो जन्मभूमिबाट टाढा भएपनि आफ्नै भाषामा विभिन्न साहित्यको सिर्जना गर्ने कार्यलाई पनि उनीहरुले निरन्तरता दिएका छन् । यस्तै रचनाहरुको वाचन गत शनिबार ब्रिसबेनमा सम्पन्न भएको छ । ब्रिसबेन विसौनीको आयोजनामा भएको काव्य वाचनमा साहित्यकार प्रोफेसर मोहनराज शर्माको प्रमुख आतिथ्यमा काव्यवाचन सम्पन्न भएको थियो । कार्यक्रममा नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्डका सभापति गोविन्द बरालले उपस्थित अतिथिहरुलाई स्वागत गर्नुभएको थियो भने साहित्यकारहरु सन्तोषी लामिछाने, राजन कोइराला, तारा डाँगी, गोविन्द बराल, सुदर्शन दाहाल, बुना दाहाल, सुदर्शन चालिसे, विनोदभक्त आचार्य, मन्दिरा सापकोटाले आफ्नो रचना वाचन गरेका थिए । यसैगरी भरत पौडेल, यमन अधिकारी, राज शर्मन, विक्रम तिमल्सिना राजेश्वरी रेगमी, प्रकाश सुवेदी, गिरीराज खनाल, केशव शर्मा, ईश्वरचन्द्र कुइँकेल, ईशा शर्मा, प्रमोद सापकोटा र देविका भट्टले आफ्ना सिर्जना उपस्थित साहित्यानुरागीसमक्ष प्रस्तुत गरे । यसपछि नेपाली साहित्यको अहिलेको अवस्था, प्रवासमा साहित्यको प्रबद्र्धन लगायतका विषयमा प्रमुख अतिथि शर्मासँग अन्तरक्रिया गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?