लण्डन आतंककारी आक्रमणमा सातजना पक्राउ, महारानीबाट घाइतेहरुप्रति सहानुभूति व्यक्त


लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर जथाभाबी छुरा प्रहार गरी भएको आतङ्ककारी आक्रमणमा हात रहेको आशङ्कामा लन्डन प्रहरीले सात व्यक्तिलाई पक्राउ गरेका छन् । लन्डन र बामिङ्घमस्थित ती व्यक्ति पक्राउ परेका प्रहरीले बिहीबार जानकारी दिएको छ । सिन्ह्वा समाचार समितिका अनुसार यस आक्रमणमा परी पाँच व्यक्तिको मृत्युहुनुको साथै अन्य ४० भन्दाबढी घाइते भएका छन् । ‘हाम्रीले छ वटा ठेगानाबाट सात व्यक्तिलाई पक्राउ गरेका छाँै,’ लन्डनका महानगरिय प्रहरी सहायक आयुक्त मार्क रोलेले पुष्टि गरेका छन् । सहायक आयुक्त रोले बेलायती प्रहरीको आतङ्कबादविरुद्ध सुरक्षा कारबाही निकायका प्रमुख पनि हुन् । गतः बुधवार अपरान्ह ९नेपाली समयअनुसार बुधवार राति० केन्द्रिय लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर एकजना अपरिचित आतङ्ककारीले राजधानी लन्डनमा जथाभाबी छुरा प्रहारद्वारा गरेको आक्रमणमा परी एक जना सुरक्षाकर्मीसहित पाँच जनाको मृत्यु हुनाको साथै करिब चालीस जना घाइते भएका बेलायती प्रहरीले पुष्टि गरेको छ ।
यद्यपी एएफपी समाचार समितिले दिएको जनाकारीका अनुसार यस आक्रमणमा दुई जना सर्वसाधारण, एक प्रहरी अधिकारी र एक आक्रमणकारी स्वयम गरी चार व्यक्तिको मृत्यु भएको छ । दुई सर्वसाधारणमा ४० वर्षीय महिला, ५० वर्षीय एक पुरुष र ४८ वर्षीय प्रहरी अधिकृत किथ पामरको मृत्यु भएको बताइएको छ । किथ पामरले बेलायती प्रहरीमा पन्ध्र वर्षसम्म सेवा पु¥याएका थिए । आक्रमणकारी को थियो त भन्ने कुरा प्रहरीले सार्वजनिकरुपमा खुलासा गरिसकेको छैन ।
आतङ्कवादी आक्रमणका पिडितप्रति सहानुभूति व्यक्त
बेलायती महारानी एलिजावेथ द्वित्तीयले बुधबार बेलायती संसदमा भएको आक्रमणबाट पिडित सवैप्रति बिहीवार ‘गहिरो समवेदना’ व्यक्त गर्नुभएको छ । बेलायती महारानीले घटनालाई नृशंस हिंसा भएको प्रतिक्रिया दिँदै उक्त घटनाको कडा शब्दमा निन्दा गर्नुभएको छ । “म यस दुखद घडीमा मृतक आत्माको शान्तिका लागि र घटनामा घाइते भएका पिडित र उनीहरूका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु,” महारानी एलिजावेथ द्वित्तीयले प्रहरीलाई बुधबारको निन्दनीय हिंसाबारेमो दिएको पहिलो प्रतिक्रियामा बताउनुभएको छ ।
बुधबार राति एक अपरिचित आतङ्ककारीले राजधानी लन्डनमा जथाभाबी छुरा प्रहार गर्दा एक जना सुरक्षाकर्मीसहित पाँच जनाको मृत्यु हुनाको साथै करिब चालीस जना घाइते भएका बेलायती प्रहरीले पुष्टि गरेको छ । नेपाली समय अनुसार बुधवार राति मध्य लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर उक्त आक्रमण र हताहतीका घटना भएका लन्डन महानगरिय प्रहरी सहायक आयुक्त मार्क रोलेले जानकारी गराउनुभएको थियो ।
उक्त आक्रमणमा परी एक जना सुरक्षाकर्मी सहित पाँच जनाको मृत्यु हुनाको साथै करिब चालीस जना घाइते भएका बेलायती प्रहरीले पुष्टि गरेको छ । गतः बुधवार अपरान्ह ९नेपाली समय अनुसार बुधवार राति० केन्द्रिय लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर उपरोक्त आक्रमण र हताहतीका घटना भएको लन्डनका महानगरीय प्रहरी सहायक आयुक्त मार्क रोलेले पुष्टि गरेका छन् । कत्र्तब्य पालनको क्रममा ४८ बर्षीय प्रहरी अधिकृत किथ पामरको सो आक्रमणको घटनामा परी मृत्यु भएको सहायक आयुक्त रोलेले समाचारदाताहरुलाई बताए । किथ पामरले बेलायती प्रहरीमा पन्ध्र बर्षसम्म सेवा पु¥याएका थिए । सहायक आयुक्त रोले बेलायती प्रहरीको आतङ्कबादविरुद्ध सुरक्षा कारबाही निकायका प्रमुख पनि हुन् ।
आक्रमणकारी को थियो त भन्ने कुरा प्रहरीले सार्वजनिक रुपमा खुलासा गरिसकेको छैन । तर बेलायती प्रहरीलाई आक्रमणकारीको पहिचान भएको जनाइएको छ । प्रहरी अधिकृत पामरको हत्याको तत्कालै अन्य प्रहरीले सो आक्रमणकारीलाई गोली हानी घटनास्थलमै ढालिदिएका थिए ।
यस अघि, प्रत्यक्षदर्शीका अनुसार एकजना ब्यक्ति एउटा अति तीब्र गतिको कारमा एक्लै आई संसद् भवन परिसर बाहिरको वेस्टमिन्स्टर ब्रिजको फुटपाथमा गाडीलाई जबर्जस्ती चढाएर संसद् भवन भित्र घुस्न खोजेको र सो कारले ठक्कर दिई तीनजना प्रहरीहरुलाई ठहरै पार्नुका साथै सडकमा हिँडिरहेका कम्तीमा बीस जना पदयात्रीहरुलाई घाइते बनाएको थियो । फुटपाथमा उक्लिएपछि सो तीब्र गतिको कारको सन्तुलन बिग्रन गएर संसद् भवन – हाउस अफ कमन्स परिसर बाहिरको बार र पर्खालमा ठोक्किन पुगी उक्त कार दुर्घटनाग्रस्त भएको तर भित्र बस्ने चालकलाई केही पनि भएको थिएन । अकस्मात् उक्त चालक गाडीबाट बाहिर निस्केर लामो र धारिलो छुरा निकाली वरिपरि रहेका मानिसहरु उपर जथाभावी आक्रमण गर्न थाल्यो । आक्रमणकारीको पहिलो निसानामा प्रहरी अधिकृत किथ पामर पर्न पुगे, छुराको प्रहारबाट तत्कालै ढली उनले ज्यान गुमाउन पुगेका थिए । उक्त आक्रमणको घटनामा अरु कसैको संलग्नता छ छैन, यसबारे पत्तो लगाउन बेलायती प्रहरी सूक्ष्मरुपले अनुसन्धानरत रहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?