आफु काँग्रेसमा जाने कुरा हल्लामात्र भएको विजय गच्छदारको दाबी


मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक०का अध्यक्ष विजयकुमार गच्छदारले समस्या समाधान नगरेमा चुनाव हुनेमा आशङ्का रहेको बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा  पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – ‘देशको वर्तमान अवस्था र ठूला दलको चरित्र एव्म हठका कारण तोकिएको समयमा चुनाव हुनेमा आशङ्का बढेका छन् ।’ अध्यक्ष गच्छदारले अहिले राष्ट्रको राजनीतिक अवस्था निकै बिग्रेको छ, त्यसैले यसलाई ध्यानमा राखी हिड्नुपर्दछ भन्दै समयमा समस्या समाधान नगरे देश दुर्घटनामा जान सक्ने सम्भावना रहेको बताउनुभयो । एक फरक प्रसङगमा उहाँले नेपाली काँग्रेसका नेताहरुले गच्छदारलाई र आफ्नो पार्टीलाई काँग्रेसमा भित्रयाउने कुरा हल्ला मात्रै भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?