मुख्य चारदलबीच समसामयिक विषयमा छलफल, चुनाव वैशाख ३१ मै


स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वयन लगायत समसामयिक विषयमा मुख्य चार राजनीतिक दल बीच आज साँझ छलफल भएको छ ।  नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरूको प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसेको अनौपचारिक बैठकमा स्थानीय तहको निर्वाचन वैशाख ३१ गते नै सम्पन्न गर्ने र त्यसमा मधेशी मोर्चालाई समेत सहभागी गराउने बारे छलफल भएको बुझिएको छ । वैठकमा काँग्रेसको तर्फबाट नेता कृष्णप्रसाद सिटौला, एमालेबाट उपाध्यक्ष भीम रावल, माओवादी केन्द्रबाट प्रवक्ता पम्फा भुषाल र राप्रपाबाट अध्यक्ष कमल थापा लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?