राप्रपा अध्यक्ष थापा घाइतेको अवस्था बुझ्न अस्पताल


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापा पार्टीको बिरोध प्रदर्शनमा घाइते भई अस्पतालमा भर्ना भएका नेता तथा कार्यकर्ताको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पताल र मोडल अस्पताल जानुभयो । अध्यक्ष थापाले अस्पतालमा पुगेर विरामीको उपचारमा गम्भीर भएर लाग्न चिकित्सकलाई निर्देशन दिनुभएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
पार्टीका कार्यकर्ताले बिरोध प्रदर्शनका क्रममा निर्वाचन आयोग अगाडि निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीसँग भएको झडपमा परी पार्टीका केन्द्रीय नेता तथा कार्यकर्ता गरी ४७ जना घाइते भएका थिए । घाइतेलाई वीर अस्पताल र मोडल अस्पतालमा भर्ना गरिएकोमा केही उपचारपछि घर फर्कन थालेको बताइएको छ । सो पार्टीको विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हटाउनका लागि यही चैत २ गते निर्वाचन आयोगले गरेको निर्णयको बिरोधमा आज देशभरका निर्वाचन आयोगका कार्यालय घेराउ गर्ने कार्यक्रम तयार गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?