मेची–महाकाली राष्ट्रिय अभियान बाँकेमा, निर्वाचनमा सहभागी हुनुपर्ने ओलीको जोड


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिका नाममा मुलुकमा द्वेष, विग्रह र द्वन्द्व पैmलाउन खोज्नु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । सो दलद्वारा सञ्चालन गरिएको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आज यहाँ आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “केही असामाजिक तत्वबाट जात, धर्म, सम्प्रदाय र भूगोलका नाममा अराजकता मच्चाउन खोज्ने प्रयासलाई आप्mनो दलले कदापि पूरा हुन दिने छैन ।”


मधेसी जनतालाई भ्रममा राखेर राजनीतिक अधिकारका नाममा भूmठो प्रचार गरी संविधान कार्यान्वयन हुन नदिने संयुक्त मधेसी मोर्चाले जनताको साथ नपाउने उहाँको तर्क थियो । अध्यक्ष ओलीले संविधानको कार्यान्वयनका लागि निर्वाचनमा जानुको विकल्प नभएको बताउदै कसैको झुठो प्रचारमा नलागी आमनेपाली जनता निर्वाचनमा सहभागी हुनुपर्नेमा जोड दिनुभयो ।
आमसभामा सो दलका वरिष्ठ नेता माधवकुमार नेपालले आप्mनो दलको जागरण अभियान कसैका विरुद्धमा लक्षित नभएको बताउँदै राष्ट्रिय एकता बलियो बनाउनेतर्पm मात्र केन्द्रित छ भन्नुभयो । पार्टीका उपाध्यक्ष वामदेव गौतम र नेता लालबाबु पण्डितले जनताको मनमा बसेको एमालेलाई समाप्त पार्न मधेसमा भइरहेको प्रपञ्चलाई सफल हुन नदिने उद्घोष गर्नुभयो ।
दुई राउन्ड हवाइफायर
नेकपा ९एमाले०को मेची–महाकाली अभियान बिथोल्ने प्रयासस्वरुप आयोजना गरिएको बन्दका क्रममा दुई राउन्ड हवाइफायर र चार राउन्ड अश्रुग्यास प्रहार भएको छ । बाँकेको सोनपुर गाविस र उढरापुर गाविसको सिमाना पर्ने गोन्हनामा मधेसी मोर्चाका कार्यकर्ता र एमालेका कार्यकर्ताबीच भएको दोहोरो झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले दुई राउन्ड हवाइफायर र चार राउन्ड अश्रुग्यास प्रहार गरेको हो । प्रहरीले बन्दकर्तालाई हटाउन खोज्दा लाठी प्रहार गरेपछि बन्दकर्ताले प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए । प्रहरीमाथि ढुङ्गामुढा हुन थालेपछि प्रहरीले अश्रुग्यास र हवाइफायर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?