राष्ट्रिय सम्मानका साथ गौतमको अन्त्येष्टि, ठूला नेता कोही पुगेनन्


भारतीय सीमा सुरक्षा बल ९एसएसबी०को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थीव शरीरमा उहाँका ७२ वर्र्षीय पिता खेमलाल गौतमले दागबत्ती दिनुभयो । गौतमको अन्त्येष्टि कार्यक्रममा कैलाली र कञ्चनपुरका हजारौँ नागरिकले स्वतःस्फूर्त सहभागिता जनाएका थिए । यसअघि धनगढीस्थित सेती अञ्चल अस्पतालबाट उनको शवयात्रा निकालिएको थियो । सरकारले सहिद घोषणा गरिसकेको गौतमको सम्मानमा नेपाल प्रहरीले ११ तोपको सलामी दिएको थियो । गोविन्द गौतमको शवयात्रामा ठूला नेता अनुपस्थित देखिए। पार्टीको मेची(महाकाली राष्ट्रिय जागरण अभियानका लागि टीकापुर पुगेका एमाले नेता भीम रावल, अत्तरियास्थित घरमै रहेका माओवादी केन्द्रका नेता लेखराज भट्ट, अहिलेको सरकारका मन्त्री कोही पनि शवयात्रामा सहभागी नभएपछि पुनर्वासका जनताले विरोध जनाएका छन्।

कञ्चनपुर १ का सांसद दिवानसिंह बिष्टले राष्ट्रिय झन्डा ओढाएर गौतमलाई श्रद्धाञ्जली दिए पनि अरू कुनै ठूला नेता नआएकोमा पीडितका आफन्त निराश थिए। कतिसम्म भने कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसमेत शवयात्रामा सहभागी भएनन्। ‘कुनै मन्त्री नै आउनुपथ्र्यो तर गृहसचिव, सहसचिव वा अरू कुनै उच्चस्तरीय अधिकारी कोही पनि नआउनु विडम्बना होु, पुनर्वास नगरपालिका ८ का लोकेन्द्र लम्सालले भने। यसअघि आइतबार बिहान ८ बजे नै शवयात्रा सुरु गर्ने भनिए पनि प्रशासनको तयारी अभावका कारण दिउँसो पौने एक बजे मात्रै धनगढीस्थित सेती अञ्चल अस्पतालबाट शवयात्रा सुरु भएको थियो। देशको सीमा सुरक्षार्थ ज्यानको आहुति दिएका गौतमको शवयात्रा सुरु हुँदा आफन्तको रुवाबासी चलेपछि सहभागी धेरैका आँखा रसाएका थिए। कञ्चनपुरको डोकेबजारबाट शवयात्रामा ठूलो संख्यामा कञ्चनपुरका स्थानीय बासिन्दा मिसिएका थिए। दोदा नदीकिनारमा शवयात्रा पुग्नुअघि नै हजारौं सर्वसाधारण पुगिसकेका थिए। गौतमको शव गृहनगर पुनर्वासमा श्रद्धाञ्जलीका लागि केहीबेर राख्ने भनिए पनि समय अभावले सीधै दोदाकिनार लगिएको थियो। त्यहाँ सुरक्षाकर्मीलाई भीड नियन्त्रण गर्न धौधौ परेको थियो। शवयात्रा धनगढी, डोकेबजार, चौराहा, त्रिनगर भन्सार हुँदै दोदा लगिएको थियो । उहाँको शव गृहनगर पुनर्वासमा श्रद्धाञ्जलिका लागि केहिबेर राखिने भनिएपनि समयअभावका कारण सिधै दोदा नदी किनार लगिएको थियो । नेपाल–भारत सीमाभन्दा निकै वर आनन्दबजारमा कल्भर्ट राख्ने विषयमा सुरु भएको विवादले उग्ररुप लिँदा एसएसबीले गत बिहीबार गौतमको गोली हानी हत्या गरेका थिए । कार्यक्रममा ठूला तहका नेताहरु उपस्थित नभएपछि स्थानीयवासी आक्रोशित बनेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?