कञ्चनपुरमा भएको गोली काण्डको प्रवासी नेपाली मञ्चबाट विरोध, सीमा समस्याको समाधान खोज्न माग


भारतीय सुरक्षाकर्मीको गोली लागेर सीमा क्षेत्रमा गोविन्द गौतमको निधन भएकोमा विदेशमा बस्ने नेपालीहरु आक्रोशित भएका छन् । यसैक्रममा अष्ट्रेलियामा रहेको प्रवासी नेपाली मञ्चले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको निन्दा गरेको छ । साथै, नेपाल सरकारलाई यस किसिमको गतिविधिका विषयमा तत्काल भारत सरकारसँग कुरा गर्न र सीमा सम्बन्धी समस्यालाई स्थायी समाधान दिन पनि मञ्चले आग्रह गरेको छ । मञ्चका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख रमेश पौडेलले एक विज्ञप्ति जारी गर्दै सीमा क्षेत्रमा नेपालीलाई गोली हान्ने भारतीय पक्षको कार्यको भत्र्सना गरिएको छ । विज्ञप्तिको पूर्ण पाठ यस्तो छ :

 

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?