माओवादी केन्द्रका नेता बादलको निष्कर्श, एमाले र मोर्चा दुबै अतिवादी


नेकपा ९माओवादी केन्द्र० का नेता रामबहादुर थापाले सङ्घीयताको कार्यान्वयन र स्थायी शान्तिका लागि स्थानीय तहको निर्वाचन आवश्यक रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल मकवानपुरले यहाँ आयोजना पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – “राष्ट्रिय एकता र विकासका लागि सङ्घीयता आवश्यक भएकाले यसको सस्थागत विकासका लागि सबै दल निर्वाचनमा केन्द्रित हुनुपर्दछ ।” नेकपा ९माओवादी केन्द्र०का सङ्गठन विभाग प्रमुखसमेत रहनुभएका नेता थापाले लोकतान्त्रिक पद्धतिबाट स्थानीय तहको चुनाव गराउनु नै निकास र विकासको मार्ग रहेको उल्लेख गर्दै “एमालेले संविधान संशोधन गर्नै हुन्न भन्नु एउटा अतिवाद हो, भने मधेसीवादी दलले पनि संशोधन नगरी चुनाव गर्न दिन्नौँ भन्नु अर्को अतिवाद हो भन्नुभयो ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?