काँग्रेसका सांसदहरुले भने दोषीलाई कारवाही गर, उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने


दुई नं प्रदेशबाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका सांसदहरुले तीन जनाको ज्यान जाने गरी सोमबार सप्तरीमा भएको घटनाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई आज छुट्टाछुट्टै भेट गरी उनीहरुले घटनाका दोषीलाई कारबाही गर्न र गोली चलाउनेलाई निलम्बन गर्नसमेत माग गरेका छन् । 

घटनामा संलग्न दोषीमाथि कारबाही, मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको काँग्रेसका संसाद रञ्जित कर्णले जानकारी दिनुभयो ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले घटनाप्रति दुःख व्यक्त गर्दै स्थिति सहज बनाउन सबैको सहयोगका लागि आग्रह गर्नुभयो ।

उपप्रधानमन्त्री निधिले घाइतेको उपचारको व्यवस्था मिलाउन आफूले निर्देशन दिइसकेको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?