समूदायले दिएको उपचार सहयोग ‘दुरुपयोग’का सम्बन्धमा आरोप प्रत्यारोप


अष्ट्रेलियामा अध्ययनका लागि आएको केही दिनमा नै गम्भीर बिरामी भई अस्पताल भर्ना भएकी नेपाली विद्यार्थी श्रृष्टी खनालको उपचारका लागि समूदायले दिएको सहयोग रकम ‘दुरुपयोग’को प्रसंग फेरि एक पटक सतहमा देखिएको छ । बिरामी भएपछि उपचारको लागि उठेको रकम कति हो र उपचारमा गरिएको खर्च पारदर्शी नभएको भन्दै रकम दुरुपयोगको आरोप स्वयं श्रृष्टिले आफ्ना श्रीमान दिजेश कोइरालालाई लगाएकी छिन् । आफ्नो उपचारको लागि उठाएको रकम व्यक्तिगत प्रयोजनमा खर्च गरेको उनको आरोप थियो । एमएनटीभीको लोकप्रिय कार्यक्रम मेलबर्न टकमा कुरा गर्दै श्रृष्टीले यो रकममध्ये ७० हजार डलरको हाराहारीमा हिनामिना भएको बताइन् । अर्कोतर्फ मेलबर्नटकमा नै कुरा गर्दै दिजेशले आफु यही विवाद मिलउन नेपाल आएपनि समस्या बल्झिएको स्वीकारेका छन् । उनले आफुबाट सानातिना गल्ती भएको स्वीकारे पनि त्यत्रो रकम दुरुपयोग नभएको दाबी गरे । “बैंक स्टेटमेन्ट सबै छँदैछ । समूदायका अगुवाहरु बसेर स्वतन्त्र ढंगले निष्पक्ष रुपमा यसलाई हेरियोस् । मैले यदि दुरुपयोग गरेको ठहर्छ भने म जसरी पनि त्यो रकम तिर्न तयार छु ।” कोइरालाको भनाई छ ।
यही अन्तर्वार्ताको पूरा अंश तपाईंले यो लिंकमा हेर्न सक्नुहुनेछ ।

यो विवादलाई मिलाउन र समूदायको सहयोगको रकमको उपयोगबारे पारदर्शी ढंगल सूचना सार्वजनिक गर्न केही समूदायका अगुवाहरु यसमा लागिरहनुभएको छ । नेपालमै पुगेर पनि दिजेश र उसको परिवारसँग भेट्ने र यहाँ बेलबर्नमा श्रृष्टिसँग नजिकको सम्पर्क स्थापित गरेर यो विषयलाई समाधान गर्ने प्रयास जारी छ । हेरौं छिेट्टै सकारात्मक निष्कर्ष निस्कनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?