होलीलाई स्वागत गर्न सांगीतिक जात्रा ४ मेलबर्नमा अबको आईतबार


होलीको अवसरमा यस वर्ष पनि मेलबर्नमा सांगीतिक जात्रा आयोजना हुने भएको छ । आगामी आईतबार ५ मार्चमा ब्रन्सविकस्थित गिल्पिन पार्कमा सांगीतिक जात्राको चौथो संस्करण हुने भएको हो । एस ईभेन्टस एण्ड मल्टिमिडियाले आयोजना गरेको यो सांगीतिक जात्रामा प्रवेश निःशुल्क गरिएको छ । यस पटक सांगीतिक जात्राको प्रमुख आकर्षण ईन्डियन आईडल बन्न सफल प्रशान्त तामांग, गायक सञ्जीव सिंह, एक्सीस व्याण्ड र लोकगायक प्रजापति पराजुली रहनेछन् । एस ईभेन्टसका सुनोद श्रेष्ठ भन्छन्, मध्यान्हदेखि रातिसम्मै करिब आठ घण्टा चल्ने कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुति पनि समेटिनेछ । यति मात्र होइन डीजेहरुले पनि रंग र संगीतको तालमा उपस्थित दर्शकहरुलाई झुमाउने प्रयास गर्नेछन् । यति मात्र होइन बालबालिकाहरुलाई लक्षित गरी विभिन्न खेल पनि कार्यक्रमस्थलमा समावेश गरिने भएको छ । सांगीतिक जात्रा ४ मा विभिन्न खानाका स्टल, सेवा प्रदायकहरुको जानकारीमूलक स्टलहरु समेत रहनेछन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?