पूर्वी चीनमा एक होटलमा आगलागी हुँदा दशजनाको मृत्यु, सातजना पक्राउ


चीनको जियाङ्सी प्रान्तको राजधानी नानचाङमा एक होटलमा शनिबार बिहान आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको चिनियाँ अग्नि नियन्त्रण अधिकारीले जनाएका छन् । स्थानीय समयअनुसार बिहान करिब ८ बजे ‘एचएनए प्लाटिनम मिक्स होटेल’मा भएको आगलागी करिब ९ः४५ बजे नियन्त्रणमा आएको थियो । आगलागीका समयमा करिब १० जना निर्माण मजदुरले होटेलको दोस्रो तलामा काम गरिरहेका थिए । 
अग्नि नियन्त्रण अधिकारीले आगलागीपछि होटेलका भवनको भग्नावशेषबाट सातजनालाई मृत उद्धार गरेका जनाएका छन् । आगलागीबाट घाइते भई अस्पतालमा भर्ना भएका १६ जनामध्ये थप तीनजनाको पनि मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । चारतले होटल नजिकै रहेको २४ तलाको एक आवासीय भवनमा बसोबास गर्ने २६० जनालाई सुरक्षित स्थलमा सारिएको थियो । घटनामा जिम्मेवार भएको आरोपमा प्रहरीले सातजनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?