चर्चित ज्योतिष ओजराज उपाध्याय लोहनी मेलबर्नमा


नेपालका चर्चित ज्योतिष ओजराज उपाध्याय लोहनी यतिबेला मेलबर्नमा छन् । सिड्नी, क्यानबेरा लगायतका ठाउँमा तीन साताभन्दा बढी समय बिताएर उनी मेलबर्नमा आएका हुन् । “मेलबर्नमा पनि आगामी मार्च ७ तारिखसम्म रहन्छु । आठ तारिख नेपाल फर्किने हो ।” एमएनटीभीसँगको कुराकानीमा लोहनीले भने । “आफ्नो भविष्यफल जान्न चाहनेहरुले मलाई सम्पर्क गर्न सक्नुहुन्छ । सीमित समय मात्रै भएकोले पहिले नै समय लिएर आउँदा मैले सकेको जत्ति सहयोग गर्न सक्छु ।” उनले भने । उनको सम्पर्क नम्बर ०४१६५०३४०७ हो । नेपालमा विभिन्न समयमा भविष्यवाणी गरेर चर्चित बनेका लोहनी कान्तिपुर टेलिभिजनमा राशीफल चलाएपछि थप लोकप्रिय बनेका थिए । त्यसपछि विभिन्न अन्य टेलिभिजनमा समेत उनको भविष्यफल आउने गर्दथ्यो । ज्योतिषशास्त्र हचुवाको भरमा होइन वैज्ञानिक आधारमा जोडघटाउ र गुणा गरेर बताईने विद्या हो भन्न रुचाउने लोहनी यसकै नाममा मागीखाने भाँडो बनाउनेहरुबाट भने सचेत बन्नुपर्ने बताउँछन् । जन्ममिति र जन्म समय भएको अवस्थामा मैले कुनैपनि व्यक्तिको भविष्य बताउन सक्छु । तर, अनुहार हेरेरै मलाई के हुन्छ भनेर सोध्न आउने पनि भेटिन्छन् । दिक्क लाग्छ । उनी भन्छन् । नेपालको राजनीतिक अवस्थाका विषयमा आफुले गरेका अधिकांश भविष्यवाणी सही सावित भएको उनले बताए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?