अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या बढ्दो, सन् २०१६ मा आए ५ लाख ५० हजार


शैक्षिक गन्तव्यको रुपमा अष्ट्रेलियाको आकर्षण बढ्दो छ । पछिल्लो तथ्यांक अनुसार सन् २०१६ मा ५ लाख ५४ हजार १ सय ७९ जना अन्तर्राष्ट्रिय विद्यार्थी अष्ट्रेलिया आएका छन् । यो संख्या अघिल्लो वर्षको भन्दा १० प्रतिशत बढी हो । यसमध्ये ४३ प्रतिशतभन्दा बढी उच्च शिक्षा अध्ययनका लागि आएका छन् भने ३ प्रतिशत मात्रै विद्यालय तहमा पढ्नका लागि आएको देखिएको छ । भेट शिक्षाका लागि २६ प्रतिशत विद्यार्थी आएको र २१ प्रतिशत अंग्रेजी भाषा पढ्नका लागि आएको तथ्यांकमा छ । संघीय शिक्षा मन्त्री सिमोन बिम्रिंघमका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीले मात्रै कूल २१ विलियन डलरको योगदान अष्ट्रेलियाको अर्थतन्त्रमा दिएका छन् । यति मात्र होइन पढ्न आएका विद्यार्थीका कारण ठूलो संख्यामा रोजगारी समेत सिर्जना भएको छ । यसरी आउने विद्यार्थीमध्ये भारत र चीनको संख्या उच्च रहेको छ । यसरी अष्ट्रेलियामा पढ्न आउने विद्यार्थीमध्ये ८९ प्रतिशत पूर्ण सन्तुष्ट रहेको सर्वेक्षणले देखाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?