नियमित श्रृंखला कायम गर्दै सिड्नीमा झापाली समाज अष्ट्रेलियाका पदाधिकारीबाट रक्तदान


हरेक वर्षझैं यस पटक पनि झापाली समाज अष्ट्रेलियाले सिड्नीमा संयोजन गरी गर्मीयाममा उच्च माग रहेको रगत दान गरेर कैयौंको ज्यान जोगाउने काममा योगदान दिएको छ । झापाली समाजले हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको छ । संस्थाका अध्यक्ष दिपक खनालका अनुसार यस पटकको रक्तदानमा २० जनाभन्दा बढी सहभागी भएका थिए । सन् २०१३ को फेब्रुअरी ९ मा स्थापना भएको झापाली समाज अष्ट्रेलियाले त्यही वर्षदेखि हरेक वर्ष स्थापना दिवसमा रक्तदान आयोजना गर्दै आएको छ । रक्तदान कार्यक्रमका संयोजक एवं समाजका सल्लाहकार अशोक ओलीका अनुसार सिड्नीको टाउन हलस्थिट रेडक्रसमा पुगेर झापाली समाजका पदाधिकारी र शुभेच्छुकले रक्तदान गरेका थिए । ओलीले भने, “हामीले झापाली समाजमार्फत जन्मभूमि झापा जिल्लाको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा योगदान दिइनै रहेका छौं । साथै, कर्मभूमिमा पनि केही योगदान गर्ने उद्देश्यका साथ विभिन्न रचनात्मक कार्यलाई पनि निरन्तरता दिइआएका छौं ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?