ब्रिसबेनमा फेब्रुअरी १५ तारिख एक्सपर्ट एजुकेशन एण्ड करिअर फेयर हुँदै


Expert Brisbane_final

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले आगामी फेब्रुअरी १५ तारिखका दिन अष्ट्रेलियाको नेपाली बसोबास गर्ने तेश्रो ठूलो शहर ब्रिसबेनमा एक्सपर्ट एजुकेशन एण्ड करिअर फेयर गर्ने भएको छ । एक्सपर्टको क्रिक स्ट्रीटमा रहेको आफ्नै कार्यालयमा गरिने यो करिअर फेयरमा विश्वविद्यालयहरुका प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता रहने र उनीहरुबाट सोझै परामर्शको सेवा उपलब्ध गराइने जानकारी गराइएको छ ।

दिउँसो १ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने कार्यक्रममा विश्वविद्यालको भर्ना प्रक्रियाको पछिल्लो जानकारी, निःशुल्क परामर्श, अंग्रेजी भाषा सम्बन्धी जानकारी र भविष्यमा कुन पेशा अपनाउने भन्ने विषयका साथै त्यसको तयारीको प्रक्रियाबारे पनि सूचना प्राप्त गर्न सकिनेछ । फेब्रअरी १५ का दिन उपस्थित भएर परामर्श लिने विद्यार्थीहरुका लागि विशेष छात्रवृत्ति अन्य सहुलियतको व्यवस्था समेत गरिएको एक्सपर्ट एजुकेशन ब्रिसबेन शाखाका अपरेशन म्यानेजर अरुण पौडेलले जानकारी दिएका छन् । पौडेलका अनुसार १० भन्दा बढी विश्वविद्यालयका प्रतिनिधि उक्त करिअर फेयरमा सहभागी हुनेछन् । एक्सपर्टले यसअघि सिड्नीमा यस्तै करिअर फेयरको आयोजना गरिसकेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?