मातृभूमिको रक्षाका लागि सेना सदैव एक जुट भएर लाग्ने


प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेनाले बगाएको रगत र पसिनाकै कारण राष्ट्रिय अखण्डतामा आँच आउन नसकेको बताउनुभएको छ । कैलालीको तेघरीस्थित ५ नं बाहिनी अड्डामा आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उहाँले  मातृभूमिको रक्षाका लागि नेपाली सेना सदैव एक जुट भएर लाग्ने स्पष्ट पार्नुभयो । सो अवसरमा नेपाली सेनाका रथी एवं कल्याणकारी बोर्डका चित्रबहादुर गुरुङले कल्याणकारी बोर्डले भूपू सैनिकको हकहितका सम्बन्धमा ल्याएको कल्याणकारी योजनामाथि प्रकाश पार्नुभएको थियो । भूपू सैनिक र तिनका परिवारको अनुभव साटासाट गर्ने देखिएका समस्या समाधानको पहल गर्ने उद्देश्यले आयोजित दुईदिने सम्मेलनमा सुदूरपश्चिमका भुपू सैनिक र तिनका परिवारजनको सहभागिता छ । रासस कार्यक्रममा  सुदूरपश्चिमको लोकसंस्कृति झल्किने विभिन्न झाँकीसमेत प्रस्तुत गरिएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?