सत्ता साझेदारसँग छलफल नगरेकामा आपत्ति


राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान माओवादी काँग्रेस गठबन्धन सरकार मधेसी मोर्चाको संविधान संशोधनको माग सम्बोधन गरी चुनाव गराउन नचाहेको आरोप लगाउनुभएको छ । हेटौँडामा पत्रकारसँग कुरा गर्दै उहाँले सरकारले मधेसको उचित मागहरू पूरा गर्न नचाहेको कुरा संसद्मा संशोधन प्रस्ताव दर्ता भएपछि सङ्ख्यात्मक रुपले दुई तिहाइले पारित गर्न सक्ने भए पनि साझेदार दल राप्रपासँग कुनै छलफल नगर्नु र प्रस्ताव पारित गर्न कुनै काम नगर्नुले मधेसको समस्या गर्न चाहँदैन भन्ने पुष्टि हुन्छ भन्नुभयो । सरकारले निर्वाचन आयोगलाई चुनावका लागि पत्र लेख्ने निर्णय सकारात्मक भए पनि त्यो अपूरो र विरोधाभासपूर्ण रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो–“ओली सरकार ढालेर जुन उद्देश्यले वर्तामान सरकार गठन भएको हो, त्यसपछि छ महिना बितिसक्दा पनि संविधान संशोधन र चुनाव गर्न सकिनरहेकाले सरकारको औचित्य समाप्त भएको छ ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?