फिलिपिन्स आगलागीमा करिब एक सय तीस घाइते


फिलिपिन्सको एक निर्माण सामग्री उत्पादन गर्ने उद्योगमा बिहीबार आगालागी हुँदा कम्तिमा १३० जना घाइते भएका स्थानीय अधिकारीहरुले बताएका छन् । फिलिपिनी कामाइट प्रान्तका गभर्नर जेसस क्रिस्पिन रेमुल्ला बुधबार साँझ ५ बजे उक्त जापानी कम्पनीमा आगालागी सुरु भएकामा दुई जापानी कर्मचारीसहित १२६ जना जलेर घाइते भएका बताउनुभयो । घाइतेमध्ये चार जना गम्भीर रहेको उहाँले बताउनुभयो । यसैगरी आगलागीपछि दुई जना सम्पर्कमा नआएका पनि बताइएको छ । उहाँका अनुसार कम्पनीमा करिब छ हजार कामदार कार्यरत रहेका थिए । तर रात्रि सेवामा कति कामदार उद्योगमा थिए भन्ने अझै प्रष्ट भइनसकेको उहाँले बताउनुभयो । उक्त कम्पनीको भुँइ तल्लाबाट आगो सुरु भएकाले धेरै कामदार भाग्ने क्रममा सख्त घाइते बनेका थिए । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइसकिएको छ । आगलागी नियन्त्रणका लागि स्थानीय, प्रहरी, सेना र दमकल अनवरत रुपमा काम गरिरहे पनि बिहीबार बिहानसम्म आगो पूर्णरुपमा निभेको छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?