आज साँझ डम्फु साँझ, हैटले हँसाउने र रोज मोक्तानले नचाउने


पहिलो पटक अष्ट्रेलिया भ्रमणमा आएका बुद्धि तामांग हैटले आज साँझ थनवरी थियटरमा आफ्नो प्रस्तुति दिने भएका छन् । साँझ ६ बजेबाट आयोजना हुने डम्फु साँझ तामांग सोसाईटी अफ भिक्टोरियाले आयोजना गरेको हो । अध्यक्ष बम योञ्जनका अनुसार कार्यक्रममा सहभागी हुन चर्चित गायक रोज मोक्तान र हाँस्य कलाकार बुद्धि तामांग मेलबर्नमा आइसकेका छन् । बिहीबार पहिलो पटक मेलबर्न आइपुगेका बुद्धि तामांगले आफ्नो यात्रा जात्रा नै बनेको प्रतिक्रिया दिए । सिड्नी र एडिलेडमा हुने कार्यक्रममा समेत सहभागी हुने उनको तयारी भएपनि भिसा प्रक्रियामा ढिलाई भएका कारण उनी मेलबर्नको कार्यक्रममा मात्रै सहभागी बनेका छन् । आज साँझ कार्यक्रममा सबैलाई सहभागी हुन हैटले आग्रह गरेका छन् । यसैगरी एमएनटीभीसँग कुरा गर्दै गायक रोज मोक्तानले पनि चर्चित हिट नम्बरहरु प्रस्तुत गर्ने तयारी भएको बताएका छन् । यससँगै विभिन्न नृत्य, गीत, हाँस्यव्यंग्यका साथै डीजे सेसन पनि हुने आयोजक संस्थाले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?