बालबालिकाहरुको निम्ति क्वीन्सल्याण्डमा ‘फन डे’को आयोजना


अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यमा बसोबास् गर्ने नेपालीहरुको साझा संस्था नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्डले बालबालिकाहरुलाई लक्षित गरेर लक्षित नेप्लीज चिल्ड्रेन्स फन डे सम्पन्न गरेको छ । दोश्रो पुस्ताका नेपालीबीच सम्पर्क बढाउने, मनोरञ्जन गर्ने र प्रतिभा प्रोत्साहन गर्ने उद्देश्यले पहिलो पटक आयोजना गरिएको कार्यक्रममा बालबालिकाहरुका लागि विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप समावेश गरिएको थियो । उक्त अवसरमा २० भन्दा बढी बालबालिकाहरुले नृत्य, गायन, वाद्यवादन, मार्शल आर्ट लगायतका आफ्नो प्रतिभा देखाएका थिए । पहिलो कार्यक्रममा उत्साहजनक सहभागिता र उनीहरुबीच हेलमेलको वातावरण देखेपछि अब बालबालिकाहरुको निम्ति यही कार्यक्रमलाई निरन्तरता दिने संस्थाले जनाएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?