प्रधानमन्त्रीलाई मुस्लिम आयोग बनाउन आग्रह, बुझाइयो ज्ञापन


????????????????????????????????????राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनले संवैधानिक मुस्लिम आयोगको माग गर्दै प्रधानमन्त्री सुशील कोइरालालाई ध्यानाकर्षण पत्र बुझाएको छ । गठबन्धनका संयोजक समिम अन्सारीको नेतृत्वमा प्रधानमन्त्री निवास गएको प्रतिनिधिमण्डलले सो समुदायको पृथक् राष्ट्रिय पहिचानका लागि संविधानका विभिन्न धारामा मुस्लिम शब्द लेख्ने गरी मौलिक हकमा मुस्लिम हकको व्यवस्था गर्न माग गरेको छ । प्रधानमन्त्रीलाई बुझाइएको पत्रमा सो समुदायको अस्तित्व कायम राखी सम्बन्धित धार्मिकस्थल र गुठीको सञ्चालन र संरक्षण, राज्यका सबै निकायमा सो समुदायको समावेशी आधारमा समानुपातिक सहभागिता गराइनुपर्ने, सङ्घीय प्रादेशिक र स्थानीय तहका सबै राजनीतिक संरचनामा जनसङ्ख्याका आधारमा मुस्लिमको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरिएको छ । संविधानसभाबाट विशेष क्षेत्रका लागि सूचीकृत गरिएका २२ जातजातिका सूचीमा सो समुदायलाई समेत समावेश गरिनुपर्ने, राष्ट्रिय सेनामा मुस्लिमको प्रतिनिधित्व बढाउन आवश्यक व्यवस्था गर्न ध्यानाकर्षण पत्रमा आग्रह गरिएको छ । ध्यानाकर्षण पत्र बुझेपछि प्रधानमन्त्री कोइरालाले सो समुदायले उठाएका विषयवस्तु गम्भीर भएकाले विभिन्न दलसँग छलफल गरी त्यसलाई पूरा गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको गठबन्धनका संयोजक अन्सारीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]