संविधान निर्माणलाई कसैले रोक्न नमिल्ने माधव नेपालको तर्क


Madhav_Kumar_Nepal1-640x480नेकपा (एमाले)का नेता माधवकुमार नेपालले संविधान निर्माणको कार्यलाई कुनै पनि पक्षबाट अवरोध पु¥याउने नहुने बताउनुभएको छ । धनुषाको नाथपट्टि गाविसमा न्यु युवा वाचनालय भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले दलबीच संविधान निर्माणका लागि भएको सहमतिको कुनै पनि पक्षबाट अवरोध भए यसले असल परिणाम नदिने विचार व्यक्त गर्नुभयो । संविधान निर्माण नभएको कारणले जनतामा निराशा छाएको बताउँदै उहाँले दलबीचमा भएको सहमतिअनुसार आागमी साउनभित्रै नयाँ संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो । “सबै दललाई सहमतिमा ल्याएर संविधान निर्माण गर्ने सम्भावना नरहेकाले अधिकतम दललाई सहमतिमा ल्याएर संविधान जारी गरिने छ”–उहाँले भन्नुभयो । नेता नेपालले मुलुक निर्माणका लागि सबै दल एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]