अध्यक्ष घलेद्वारा राष्ट्रपतिसंग भेटवार्ता, गैरआवासीय नेपालीको योगदानको प्रशंसा


Shesh ghaleगैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले राष्ट्रपति डा। रामवरण यादवसंग भेटवार्ता गर्नुभएको छ । भेटमा अध्यक्ष घलेले भूकम्पको महाविपतपछि गैरआवासीय नेपाली संघले संचालन गरेको आपतकालिन राहत वितरणबारे जानकारी गराउनुभयो । नेपाल सरकारसंगको सहकार्यमा संघले १४ जिल्लाका केहि गा।बि।स। हरुमा अत्यावश्यक सामाग्रीहरु वितरण गरेको र २६ स्थानमा निस्शुल्क स्वास्थ्य शिविर संंचालन गरेको जानकारी दिनुभयो । दोस्रो चरणको पुर्नवास कार्यक्रम अन्र्तगत करिव ३५ करोड रुपैंयाँको लागतमा एक हजार घर निर्माण गर्ने तयारी भइरहेको जानकारी दिंदै अध्यक्ष घलेले मातृभूमीलाई परेको दुस्खमा सदैव गैरआवासीय नेपालीहरु सहयोगी वन्ने बताउनुभयो । अध्यक्ष घलेले आगामी अक्टोवरको दोस्रो हप्ता सातौं गैरअवासीय नेपाली विश्व सम्मेलन आयोजना हुन लागेको जानकारी गराउँदै यसको उद्घाटन गरिदिन पनि राष्ट्रपतिलाई अनुरोध गर्नु भयो । राष्ट्रपतिले गैरआवासीय नेपालीहरुको आफ्नो मातृभूमी तथा नेपाली दाजुभाई तथा दिदिबहिनीहरु प्रतिको कर्तव्यवोध र विनाकुनै स्वार्थ उदार हृदयबाट गरेको सहयोगले आफू निकै प्रभावित भएको र यसले समग्रमा नेपालीहरुलाई एकजुट भई यस विपत्तिको सामना गर्न थप बल तथा प्रेरणा मिलेको वताउनुभयो । उहाँले गैरआवासीय नेपालीहरुको सहयोग र सहभागीताको छुटै महत्व हुने र यसलाई अन्य संघसंस्था तथा अन्तर्राष्ट्रिय दातृ निकायहरुसंग दाँज्न र एकै टोकरीमा राखेर मूल्याङ्कन गर्ननहुने वताउँदै यस महाविपत्तिको सामना गर्न हरेक गैरआवासीय नेपालीलाई आफूले सक्दो सहयोग गर्न समेत अनुरोध गर्नुभयो । राष्ट्रपतिले अध्यक्ष घलेलाई नेपाल सरकारले बिषेश दूतमा नियुक्त गरेकोमा वधाई दिंदै विना पारिश्रमिक आफ्नो व्यस्तताका बावजुत पनि मातृभूमि र नेपालीका लागि अध्यक्ष घलेले त्याग र सेवा गरेको भन्दै धन्यवाद दिनुभयो । राष्ट्रपतिले विशेषदूतका रुपमा उहाँको सफल कार्यकालको लागि शुभकामना समेत दिनुभयो । राष्ट्रपतिले अध्यक्ष घलेको गैरअवासीय नेपाली विश्व सम्मेलनको उद्घाटनको निमन्त्रणा सहर्ष स्वीकार गर्दै आफ्नो तिव्र चहाना हुँदाहुँदै पनि कार्यव्यस्थताका कारण गैरआवासीय नेपाली संघ यूकेले वेनी शहरको गलेश्वरधाममा निर्माण गरेको बृद्धआश्रमको उद्घाटनमा सरिक हुननसकेको जानकारी गराउनुभयो । अन्त्यमा, अध्यक्ष घलेले विश्वभर फैलिएका गैरआवासीय तथा नेपाल भित्र रहेका नेपालीहरु एकजुट भई यस बिषम् परिस्थितिवाट देश र पीडितहरुको उद्दार गरी सम्वृद्ध नेपाल निर्माणमा अग्रसर हुनसक्ने विश्वास लिएको जनाउँर्दै गैरआवासीय नेपाली संघले प्रथम चरणको राहत वितरण कार्यक्रममा गरेको कार्यहरुको बिस्तृत विवरणसहितको प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]