संविधान निर्माणपछि पनि काँग्रेसकै नेतृत्वमा सरकार– उपसभापति पौडेल


Ram Chandra Poudel Speaks to Media after CPDCC Meetingनेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान निर्माणपछि पनि काँग्रेस कै नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ । तनहुँको काहुँशिवपुर–९ ग्वास्लुङमा आयोजित सभालाई सम्बोधन गर्र्दै उहाँले ठूलो पार्टी भएकाले संविधान जारीपछि पनि काँग्रेस कै नेतृत्वमा राष्ट्रिय सरकार बन्छ भन्नुभयो । दलहरुबीच संविधानका विवादित विषयमा सहमति भइसकेकाले अब मुलुकले छिट्टै नयाँ संविधान पाउने र संविधान निर्माणपछि सम्पूर्ण शक्ति विकास निर्माणमा लगाइने उपसभापति पौडेलले उल्लेख गर्नु भयो । सभासद् धु्रव वाग्लेले भूकम्पपीडितलाई काँग्रेस कार्यकर्ताले घर÷टहरा निर्माणदेखि राहत वितरण गरेर सक्दो सहयोग गरिरहेको बताउनुभयो । काँग्रेस तनहुँका सचिव विश्व बास्तोला, नेपाल मगर सङ्घका केन्द्रीय उपाध्यक्ष यमबहादुर आले, काँग्रेसका क्षेत्र नं २ का क्षेत्रीय सदस्य भुलबहादुर आलेलगायतले भूकम्पपीडितलाई सक्दो सहयोग गर्नुपर्ने धारणा राख्नु भयो । उपसभापति पौडेलले काहँुशिवपुरको सहिद गङ्गा उच्च माध्यमिक विद्यालयको भवन निरीक्षणका साथै काहँु–५ को धनबास र भीरकोट–२ थप्रेकमा कार्यकर्ता भेटघाट गरी भूकम्पबाट भएको क्षतिका बारेमा जानकारी लिनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]