भूकम्पअघि र पछिका सम्पदाको तस्बिर प्रदर्शनी भक्तपुरमा


?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????फोटो पत्रकार अशोक दुलालले खिंचेका विश्व सम्पदा सूचीमा सूचीकृत र अन्य ऐतिहासिक पुरातात्विक सम्पदाको दुईदिने फोटो प्रदर्शनी सम्पन्न भएको छ । प्रदर्शनीमा गत वैशाख १२, १३ र २९ गतेका भूकम्प र परकम्पका कारण क्षति भएका पुरातात्विक सम्पदा र भूकम्पअघि खिंचिएका तिनै सम्पदाका ६० तस्बिर प्रदर्शनीमा राखिएका थिए । प्रदर्शनीमा भूकम्पबाट क्षतिग्रस्त ललितपुरका कुम्भेश्वर, मच्छिन्द्रनाथ मन्दिर, कृष्णमन्दिर सत्तल, चार नारायण र शङ्करनारायण, काठमाडाँकौं त्रिपुरासुन्दरी मन्दिर, यमलेश्वर, पञ्चदेव, नौतले दरबाार, माजुदेगः, लक्ष्मीनारायण, कृष्णमन्दिर, शिवमन्दिर, गद्दी बैठक तथा भक्तपुरका चाँगुनारायण, वत्सला, केदारनाथ मन्दिरका साथै सिंहदरबार, नेपाल राष्ट्र बैंक, दरबार हाइस्कुलका तस्बिर थिए । प्रदर्शनी अवलोकन गर्न हरेक क्षेत्रका मानिसको घुइँचो लागेको थियो । प्रदर्शनीका लागि नेपाल पर्यटन बोर्ड, पुरातत्व विभाग र भक्तपुर नगरपालिकाको सहयोग रहेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]