महिला नेतृहरुले पनि गरे १६ बुँदेको स्वागत, अधिकार सुनिश्चित गर्न माग


sujata hisilaप्रमुख राजनीतिक दलका महिला नेत्रीले प्रमुख तीन दल तथा मधेसी मोर्चाबीच भएको १६ बुँदे समझदारीले संविधान निर्माणमा बाटो खुलेको बताएका छन् । महिला आयोगमा भएको छलफलमा उनीहरूले संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिबाट सहमत भएका विषयवस्तुको स्वागत गर्दै नयाँ बन्ने संविधानमा महिलाका अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा सुझाएका छन् । नेपाली काँग्रेसका नेत्री सुजाता कोइराला, एनेकपा माओवादी महिला विभाग प्रमुख हिसिला यमी, वरिष्ठ अधिवक्ता सपना मल्ल, अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष शशी श्रेष्ठ, महिला आयोगका अध्यक्ष शेष चाँदतारालगायतले प्रतिनिधिसभा, राज्यसभा, प्रान्तीयसभा र स्थानीय सरकारमा महिला प्रतिनिधित्व ३३ देखि ५० प्रतिशतसम्म सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी वंशज तथा अङ्गिकृतका आधारमा नागरिकता जारी गर्दा बाबु वा आमा अनिवार्य हुनुपर्ने र समान अधिकार कायम हुनुपर्ने उहाँहरूको माग थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?