साउनको पहिलो सातासम्म देशले संविधान पाउँछ– वरिष्ठ नेता खनाल

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले आगामी साउनको पहिलो सातासम्म देशले संविधान पाउने बताउनुभएको छ । नेकपा (एमाले) भक्तपुरले आयोजना गरेको विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिरको सरसफाइ एवम् भग्नावशेष हटाउने कार्यक्रममा उहाँले ढिलामा साउन पहिलो सातासम्म नयाँ संविधान जारी हुने बताउनुभयो । मुख्य दलहरूबीच भएको १६ बुँदे सहमतिकै आधारमा नयाँ संविधान निर्माण हुने बताउँदै उहाँले यो सहमति विश्वासको सहमति पनि भएकाले संविधान जारी हुने छ भन्नुुभयो । देश विपत्तिमा परेको वर्तमान समयमा देशको पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिणसम्म र मधेसका नागरिकले समेत एकै ठाउँमा आएर सघाएको बताउनुभयो । त्यस अवसरमा एमाले केन्द्रीय सदस्य सोम मिश्रले असार १० गतेसम्म सञ्चालन हुने अभियानमा एमालेका कार्यकर्ता एक हजार ठाउँमा खटिएको र प्रभावकारी रूपमा भग्नावशेष हटाउने, टहरा बनाउने, विद्यालय बनाउने कार्यमा जुटेको उल्लेख गर्नुभयो ।