यो ६० लाख एनआरएनको सम्मान हो : घले

सरकारले स्थापना गरेको रु दुई खर्बको राष्ट्रिय पुनःनिर्माण कोषमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन गैरनेपाली आवासीय सङ्घका अध्यक्ष शेष घलेलाई सद्भावना विशेष दूतका रूपमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार मन्त्री डा रिजालले बताउनुभयो । सरकारले सद्भावना दूतमा नियुक्त गरेपछि प्रतिक्रिया दिँदै एनआरएन अध्यक्ष शेष घलेले मन वचन र कर्मले सरकारलाई सघाउने बताउनुभएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सद्भावना दूत भएर के के गर्नुपर्ने हो यसको बारेमा लिखित पत्र पाएपछि थाहा हुने तर सरकारलाई सघाउन र पुननिर्माणमा श्रोत जुटाउन आपूmले अहोरात्र खटिएर काम गर्ने बताउनुभयो । सरकारले सद्भावना दूत तोक्नुअघि गरेको कुराकानीमा आगामी दाता सम्मेलनमा सघाउने र पुननिर्माणमा विदेशी सहयोग समन्वय गर्न भूमिका निर्वाह गर्ने भनेको पनि उहाँले बताउनुभयो । साथै, यो सम्मान देश बाहिर रहेका ६० लाख नेपालीको सम्मान भएको अध्यक्ष घलेले बताउनुभयो । अष्ट्रेलियाको मेलबर्नमा रहनुहुने अध्यक्ष घलेलाई सद्भाव दूत नियुक्त गरिएपछि अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीले खुशी व्यक्त गरेका छन् ।