काँग्रेस महाधिवेशन तयारी कार्य अघि बढ्यो


congressनेपाली काँग्रेसले पार्टीको आशन्न तेह्रौँ महाधिवेशनका लागि आफ्नो तयारी तीव्र बनाएको छ । महाधिवेशन तयारी स्वरूप क्रियाशील सदस्यता विवादलाई अन्तिम टुङ्गोमा पु¥याउनका लागि यतिखेर गृहकार्य भइरहेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले हालसम्म ६० जिल्लामा क्रियाशील सदस्यताको टुङ्गो लगाइसकिएको बताउनुभयो । विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यताको विवाद मिलाउन पार्टीले केन्द्रबाट प्रतिनिधि खटाएको छ । क्रियाशील सदस्यता छानबिन गर्नका लागि पार्टी केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा रमेश लेखक र रामकृष्ण यादव सदस्य रहनुभएको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति गठन गरिएको र त्यसले काम गरिरहेको छ । क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता वितरणमा धेरै विवाद देखिएका जिल्ला सिरहा, सप्तरी, पर्सा र रौतहट जिल्लामा पछिल्लो समयमा त्यहीँ गएर विवाद मिलाउन प्रतिनिधि खटाइसकेको छ । “त्यहाँको विवाद एक÷दुई दिनभित्रमा टुङ्गिने छ”, छानबिन समितिका सदस्य रामकृष्ण यादवले भन्नुभयो । यादवका अनुसार ती जिल्लामा जिल्ला सभापति र क्षेत्रीय सभापतिबीच विवाद देखिएको छ । पार्टीको केन्द्रीय महाधिवेशन आगामी भदौ २४ देखि २८ गतेसम्म हुने कार्यक्रम छ । निर्धारित कार्यतालिका अनुसार जिल्ला अधिवेशन साउन २६, क्षेत्रीय अधिवेशन साउन २२ र नगर तथा गाउँ अधिवेशन साउन १४ गते गर्ने योजना रहेको पार्टीका सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले जानकारी गराउनुभयो । “असार १५ गतेभित्र क्रियाशील सदस्यता छानबिनको सबै काम पूरा गर्ने पार्टीको योजना छ, सदस्यता विवाद टुङ्गो लाग्नेबित्तिकै द्रुतगतिमा महाधिवेशन तयारी अगाडि बढ्ने छ”, उहाँले भन्नुभयो । नेता ढुङ्गानाका अनुसार भूकम्पका कारण प्रभावित क्षेत्रमा पार्टीका नेता खटिरहनुभएको हुँदा केही समययता केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । “अब चाँडै नै केन्द्रीय समितिको बैठक बसी पार्टीको महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम, विधान, राजनीतिक दस्तावेज तय गरिनेछ”, सङ्गठन विभाग प्रमुख ढुङ्गानाले भन्नुभयो । सकेसम्म निर्धारित मितिमा नै महाधिवेशन गर्नका लागि पार्टीले आफ्नो क्रियाशीलता बढाएको ढुङ्गानाले बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]