दाता सम्मेलनमा सकेसम्म भारतीय प्रम नेपाल आउने, चीनलाई पनि निम्तो


????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????अर्थमन्त्री डा रामशरण महतले प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिले नेपालमा अब संविधान निर्माणको बाटो खुलाएको भनी भारत सरकार र त्यहाँका नेताहरूले प्रशंसा व्यक्त गरेको बताउनुभएको छ । नेपालमा वैशाख १२ गते गएको भूकम्पबाट ध्वस्त भौतिक संरचनाको पुनःनिर्माण र नव निर्माणका लागि सहयोग जुटाउन आयोजना गर्न लागिएको दाता सम्मेलनमा सहभागिताका लागि भारतीय प्रधानमन्त्रीलाई निमन्त्रणा गरेर  उहाँले भन्नुभयो– “उहाँहरूले ठूलो गतिरोध समाप्त भएको र अब संविधान निर्माणको बाटो खुलेको बताउनुभयो, १६ बुँदे सहमतिप्रति उहाँहरू खुसी हुनुहुन्छ ।” “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आयोजना हुन लागेको दाता सम्मेलनमा सकेसम्म आफँै आउन कोसिस गर्छु, यदि त्यस्तो अवसर मिलेन भने वरिष्ठ साथीलाई पठाउँछु भन्नुभएको छ”, अर्थमन्त्रीले भन्नुभयो । उहाँले भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री सुशील कोइरालाले सम्मेलनमा सहभागी हुन पठाएको निमन्त्रणापत्र भेटेर हस्तान्तरण गर्नाका साथै दुई देशबीच सम्बन्धका विविध आयामका बारेमा छलफल गर्नुभएको थियो । भारतमा रहँदा अर्थमन्त्री डा महतले विदेशमन्त्री सुषमा स्वराज, विदेशसचिव जयशङ्कर, आफ्ना समकक्षी अर्थमन्त्री अरुण जेट्ली, प्रधानमन्त्रीका अतिरिक्त प्रमुख सचिवलगायत उच्चपदस्थ अधिकारीसँग नेपालको भूकम्पपछिको स्थिति, पुनःनिर्माण र नवनिर्माणसँग केन्द्रित रहेर परामर्श र छलफल गर्नुभएको थियो । सो अवसरमा उहाँहरूले भूकम्पपछि नेपालले भोग्नुपरेको समस्यालाई आफ्नै समस्या सम्झँदै नेपालको नवनिर्माणका लागि भारतीय पक्षबाट कुनै कसर नराख्ने भनी आश्वासन दिनुभएको थियो । नेपालमा लगानी भित्र्याउन तथा पुनःनिर्माणमा सहयोग गर्नेबारेमा केन्द्रित गरेर अर्थमन्त्री डा महतसँग एसोसिएसन अफ अल इन्डिया चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका पदाधिकारीले शुक्रबार छलफल गर्नुभएको थियो । चीनका प्रधानमन्त्रीलाई पनि विशेष अतिथिका रुपमा नेपालमा हुने दाता सम्मेलनमा सहभागी हुन आमन्त्रण गरिएको समेत उहाँले जानकारी दिनुभयो । नेपालले त्यससम्बन्धी जानकारी चीनका उच्च अधिकारीलाई गराइसकेको बुझिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]