संविधान बन्नेबित्तिकै एमाले नेतृत्वको राष्ट्रिय सरकार बन्ने माधव नेपालको दाबी


Madhav_Kumar_Nepal1-640x480नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नयाँ संविधान निर्माणपछि सरकार परिवर्तन हुने बताउनुभएको छ । नवलपरासीको कावासोतीमा प्रेस चौतारी नेपाल नवलपरासीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले असारभित्र नयाँ संविधान निर्माण हुने र त्यसलगत्तै राष्ट्रपतिसहित सरकार परिवर्तन हुने धारणा व्यक्त गर्नुभयो । संविधान जारी नभएसम्म सरकार परिवर्तन नहुने र संविधान जारी भएलगत्तै एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनेसमेत उहाँले बताउनुभयो । “अब बाँकी बुँदामा एक÷दुई दिनभित्र सहमति हुन्छ । असार मसान्तसम्ममा देशले संविधान पाउँछ” नेता नेपालले भन्नुभयो–“संविधान निर्माणपछि सरकार फेरिन्छ ।” नेता नेपालले १६बँुदे सहमतिप्रति असन्तुष्ट पक्षधरको मतलाई पनि सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले असन्तुष्ट पक्षधरलाई विश्वासमा लिनुपर्ने र त्यसका लागि छलफल बढाउनुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]