आकृति बनिन् ‘हिस्काट एसएलसी ट्यालेन्ट सो’ विजेता


?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????महिला सञ्चारकर्मीद्वारा स्थापित क्यापिटल इभेन्टले आयोजना गरेको ‘हिकास्ट एसएलसी ट्यालेन्ट सो २०७१’ का विजेता झापाकी आकृति गजुरेल बनेकी छिन् । एसएलसी दिएर बसेका विद्यार्थीबीच गराइएको सो प्रतिस्पर्धामा काभ्रेपलाञ्चोककी सञ्चिता श्रेष्ठ फस्ट रनरअप र सिन्धुपाल्चोकका समिर योञ्जन सेकेन्ड रनरअप भएका थिए । यसैगरी कैलालीबाट आएका किशोर शाहीले सान्त्वना पुरस्कार पाए । विजेतालाई पुरस्कार प्रदान गर्दै पूर्वमन्त्री शङ्कर कोइरालाले बालबालिकामा प्रतिभा अथाह भएको र त्यसलाई बाहिर ल्याउन डबली मात्र चाहिएको विचार राख्नुभयो । इभेन्टका प्रबन्ध निर्देशक कविता धितालले एसएलसी दिएर फुर्सदमा रहेका विद्यार्थीको प्रतिभा सबैसामु प्रस्तुत गर्ने थलोका रुपमा सो कार्यक्रम रहेको बताउनुभयो । नेपालका विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दै १० विद्यार्थीले कार्यक्रममा सहभागिता जनाएका थिए । उनीहरुले गीत, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]