पाटन दरबार क्षेत्र खुल्ला, संग्रहालय खुल्न अझै एक साता


patanलामो समयदेखि बन्द पाटन दरबार क्षेत्रसर्वसाधारणका लागि खुला गरिएको छ । भूकम्पले दरबार क्षेत्रमा क्षति पुगेकाले कमजोर सुरक्षाका कारणले गर्दा बन्द गरिएको थियो । पाटन सङ्ग्रहालय खुला गर्न भने अझै एक हप्ता लाग्ने सङ्ग्रहालयका सूचना अधिकृत सुरेशमान लाखेले बताउनुभयो । उहाँका अनुसार भूकम्पबाट पाटन सङ्ग्रहालयभित्र पर्ने चारनारायण, हरिशङ्कर मन्दिर र मणिमण्डप पाटीा पूर्ण रूपमा क्षति तथा विश्वनाथ, भीमसेन र ज्यासीदेग मन्दिरमा आंशिक रूपमा क्षति पुगेको छ । त्यसैगरी सङ्ग्रहालयका भवन केही चर्किएका छन् । दरबार क्षेत्र खुला गर्ने क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले दरबार क्षेत्रको अवलोकन गर्दै दरबार क्षेत्र वरपर साँगुरो रहेको हुँदा चर्केका घर भत्काएर अवलोकनकर्तालाई सुरक्षा दिनुपर्ने बताउनुभयो । वैशाख १२ गतेदेखि नै बन्द बङ्गलामुखी र कुम्भेश्वर मन्दिर पनि आजदेखि खुला भएको छ । लामो समय बन्द रही खुला भएको बङ्गलामुखी मन्दिरमा आज शिक्षामन्त्री चित्रलेखा यादवले भ्रमण गरी प्रसाद ग्रहण गर्नुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]