दुई दिनभित्रै मनसुन सुरु हुने, भूकम्प पीडितमा त्रास


rainमौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन दुई दिनभित्र सुरु हुने जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार बङ्गालको खाडीबाट म्यान्मा आसपास क्षेत्रसम्म मौसमी हावाको गतिविधि सुरु भइसकेको छ । केही दिनमा देशको पूर्वी भेगबाट मनसुन प्रवेश गर्नेछ । महाशाखाका अनुसार सामान्यतया जुन १० देखि सेप्टेम्बर २३ (जेठ २७–असोज ६)सम्मको अवधिलाई मनसुनको समय मानिन्छ । त्यसमा दुई÷तीन दिन तलमाथि हँुदा स्वाभाविक मानिन्छ । पूर्वी भेगबाट प्रवेश गर्ने मौसमी हावाले यस अवधिमा पश्चिमी भेगतर्फ सर्दै देशभर वर्षा गराउने र पुनः पश्चिमीबाट पूर्व हुँदै निष्क्रिय हुने गर्छ । मनसुन भित्रने प्रक्रियाअन्तर्गत विभिन्न उच्च तथा पहाडी भेगमा हावाहुरी, गर्जन, चट्याङ र क्षणिक वर्षाको सम्भावना छ । यो क्रम भने पश्चिमी क्षेत्रबाट पूर्वी भेगमा सर्दै गएको महाशाखाले जनाएको छ । यसरी मौसममा परिवर्तन र मनसुन सुरु हुने खबरपछि भूकम्प पीडित सर्वसाधारणमा त्रास फैलिएको छ । विभिन्न गाउँकोजमिन धाँजा फाटेका कारण त्यसमा पानी पसेर पहिरो जाने सम्भावना अत्यधिक हुन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?