एनआरएन अध्यक्षबाट राहतको कामबारे गृहमन्त्रीलाई जानकारी


NRNAगैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नेपाल सरकारका उपप्रधानमन्त्रीएवं गृहमन्त्रीवामदेव गौतमसंग भेट गरी गैरआवासीय नेपाली संघले भूकम्पपिडीतका लागि गरेको पहिलो चरणको राहतबारे जानकारी गराउनुभएको छ । गृह मन्त्रालयमा भएको भेटमा उहा“ले गैरआवासीय नेपाली संघले तीनहप्ताको अवधिमा गाउ“गाउ“ पुगेर करिव १४ हजार परिवारलाई त्रिपाल, खाद्यान्न र औषधिवितरण गर्नुका साथै २६ स्थानामा स्वास्थ्यशिविर समेत संचालन गरिएको जानकारी दिनुभयो । यसकालागिबिभिन्न देशबाट ३ सय भन्दा बढि स्वयंसेवी नेपालआएर सेवा गरेको उहा“ले जानकारी दिनुभयो । सो अबसरमाअध्यक्ष घलेले गैरआवासीय नेपाली संघले गरेको राहतवितरण सम्बन्धीविस्तृत प्रतिबेदन गृहमन्त्रीगौतमलाई हस्तान्तरण गर्नुभयो । अध्यक्ष घलेले राहतवितरणका क्रममा गृह मन्त्रालयबाट भएको सहयोगप्रति कृतज्ञता प्रकट गर्दै मन्त्रालय, जिल्लाप्रशासनकार्यालय, प्रमुखजिल्लाअधिकारीहरु र सुरक्षानिकायले गैरआवासीय नेपाली संघसंग गरेको समन्वय र सहयोगले नै यो सफलता हात लागेको बताउनुभयो । सवै जिल्लामा सम्बन्धित प्रमुख जिल्लाअधिकारीसंग समन्वय गरी उहा“हरुले सिफारिस गरेको स्थानमा राहतवितरण गरिएको उहँ“ले जानकारी दिनुभयो । पहिलो चरणको आपतकालिन राहतवितरण सम्पन्नभएको जानकारी दिंदै उहा“ले अब दोस्रो चरणमा पुनःनिर्माण र पुनःस्थापनाअभियानमा सहभागीहुने योजना रहेको जानकारी दिनुभयो । ३५ करोड रुपैया“को लागतमाकरिव १ हजार घर निर्माण गर्ने तयारी भइरहेको भन्दै अध्यक्ष घलेले नेपाल सरकारसंगको सहकार्यमै पुनःनिर्माण अभियानमा साझेदार बन्नलागेको जानकारी दिनुभयो । यस्ता घरहरु भूकम्पप्रतिरोधी, पर्यावरणमैत्री र स्थानीय संस्कृतिलाई संरक्षण गर्ने खालकाहुने घलेले जानकारी दिनुभयो । उपप्रधानतथा गृहमन्त्रीले संघले भूकम्प पीडितको लागि गरेको प्रथम चरणको राहातकार्यक्रमको प्रसंसागर्दै देशले गैरआवासीय नेपालीहरुको तर्फबाट धेरै सहयोगको आशा राखेको वताउनुभयो । मुलुक अब पुनःनिर्माण अभियानमालागेको हु“दा गैरआवासीय नेपालीहरुबाट सरकारले थप सहयोगको अपेक्षा गरेको गृहमन्त्रीगौतमले बताउनुभयो । एक हजार परिवारका लागिआवास निर्माण गर्ने गैरआवासीय नेपाली संघको योजनाको स्वागतगर्दै मन्त्रीगौतमले त्यस कार्यमा नेपाल सरकारले गैरआवासीय नेपाली संघलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । यसअघि अध्यक्ष घलेले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र अर्थमन्त्री डा. रामशरण महतसंग वेग्लावेग्लै भेट गरी पहिलो चरणको राहतवितरण र दोस्रो चरणको पुनःस्थापनाअन्र्तगत एक हजार घर निर्माण योजनाबारे जानकारी गराउनुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]