अविश्वासको प्रस्ताव ल्याउन नेता कोइरालाको चुनौती


shekharसरकार परिवर्तनको चर्चा चलिरहेका बेला नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अविश्वासको प्रस्ताव ल्याएर सरकार परिवर्तन गरेर देखाउन नेकपा (एमाले)लाई चुनौती दिनुभएको छ । नेपाल प्रेस युनियनले यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा कोइरालाले भन्नुभयो, “देशमा विपत्ति आइलागेका बेला सरकार परिवर्तनतर्फ ध्यान दिनु हुँदैन, यदि एमालेले यो कुरा बुझ्दैन भने अविश्वासको प्रस्ताव ल्याएर सरकार ढालेर देखाओस् ।” अहिले सरकार परिवर्तनभन्दा पनि वर्तमान सरकारले दृढ इच्छाशक्तिका साथ काम जनहितमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यसैबीच, युनियनले यो वर्षको सहिद भीमनारायण श्रेष्ठ पत्रकारिता पुरस्कार पत्रकार सञ्जय सन्तोषी राईलाई र क्रियाशील पत्रकारिता पुरस्कार विनोद घिमिरेलाई प्रदान गर्ने घोषणा गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]