भारत र बंगलादेशबीचको सीमा विवादको समाधान गर्ने प्रयत्न, मोदी ढाकामा


Modi1भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकी देश बङ्गलादेशको औपचारिक भ्रमणका लागि शनिबार राजधानी ढाका पुग्नुभएको छ । यस भ्रमणका क्रममा विशेषगरी दुई मुलुकबीचको सीमा क्षेत्रका बारेमा सम्झौताको तायारी भइरहेको बताइएको छ । यी दुई छिमेकी देशका जोडिएका सीमामाक्षेत्रभित्र एक अर्काका नागरिक बसोबास गर्दै आएका र एकले अर्काको यसअघि उनीहरूले दशकौँसम्म राज्यविहीनताको अवस्था भोग्नुपरेकोले सीमा सम्झौताको तयारी भएको हो । भारतीय प्रधानमन्त्री मोदी ढाकास्थित हजरत साहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुहुदा बङ्गलादेशका समकक्षी सेख हसिनाले उहाँलाई स्वागत गर्नुएको थियो । यसका साथै प्रधानमन्त्री मोदीको दुई दिने यस भ्रमणका क्रममा बङ्गलादेशसँग भारतको व्यापार सम्झौता हुने पनि बताइएको छ । बङ्गलादेश सन् २०७१ मा पाकिस्तानसँग पृथक भएर एक स्वतन्त्र राष्ट्रका रुपमा अस्तित्वमा आएको हो । बङ्गलादेशको भारतसँग भने राम्रो सम्बन्ध रहेको बताइन्छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]