विद्युत प्राधिकरणको रत्नपार्क कार्यालयमा लागेको आगो नियन्त्रणमा


Rss_Images_1433420525284_AR-Ktm-bidhut-2नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्रको प्रशासनिक भवनमा लागेको आगो नियन्त्रणमा आएको छ । दिउँसो ३ः३० बजेदेखि आगलागी भएको भएपनि के कारणले आगलागी भयो भन्ने बारेमा प्राधिकरणले केही बताएको छैन । प्राधिकरणका कार्यकारी प्रमुख मुकेशराज काफ्लेले आगलागी नियन्त्रणमा आएको जानकारी दिँदै क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको बताउनुभयो । नेपाली सेना, नेपाल प्रहरी, जुद्ध बारुण यन्त्र तथा काठमाडौँ महानगरपालिकालगायतका दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट चार कोठा क्षतिग्रस्त भएको छ । रत्नपार्क वितरण केन्द्रका प्रमुख मनोजकुमार सिंहले प्रशासनिक भवनको गोदाममा आगलागी भएको र क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो । सो भवनमा प्राधिकरणको काउण्टरसमेत रहेको थियो । प्रहरीले भने विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने बताएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]