प्रमुख दलहरू छ प्रदेशमा सहमतिको नजिक


????????????????????प्रमुख राजनीतिक दलहरू नयाँ बन्ने संविधानको मुख्य विवादित विषय राज्यको पुनसंरचनाका सम्बन्धमा छ प्रदेश बनाउने विषयमा सहमतिको नजिक पुगेका छन् । प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) तथा मधेसी मोर्चाको आज बसेको बैठकमा संविधानका विवादित विषयहरू संघीयतासहित न्याय र निर्वाचन प्रणाली तथा शासकीय स्वरुपका बारेमा सहमतिको नजिक पुगेको नेताहरूले बताएका छन् । सहमतिमा यथाशीघ्र संविधान जारी गर्नका लागि बसेको बैठकको छलफल संविधानका अन्तरवस्तुमा केन्द्रित भएको र सङ्घीय संरचनालाई छ प्रदेशको सेरोफेरोमा कसरी लैजाने भन्ने बारेमा सकारात्मक छलफल भएको एमालेका उपाध्यक्ष भीम रावलले बताउनुभयो । प्रदेशका सम्बन्धमा नामाङ्कन, सीमाङ्कन र सङ्ख्या कस्तो हुने र कति हुने भन्ने बारेमा छलफल हुनुका साथै सहमतिको नजिक भएका विषयलाई टुङ्गो लगाउन शीर्षनेतालाई जिम्मेवारी दिइएको उपाध्यक्ष रावलले जानकारी दिनुभयो । बैठक सहमतिको निष्कर्ष नजिक पुगेको बताउँदै काँग्रेसका प्रवक्ता दीलेन्द्रप्रसाद बडूले भोलि बिहान बस्ने चार पक्षको बैठकबाट धेरै विषयमा टुङ्गो लाग्ने जानकारी दिनुभयो । प्रवक्ता बडूले संविधानका विवादित विषयमा यसअघिका छलफलभन्दा निर्णयको नजिक पुगेको बैठकपछि सञ्चारकर्मीलाई बताउनुभयो । बैठकमा चार पक्षबीच सकारात्मक छलफल भएको जानकारी दिँदै एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानका अन्तरवस्तुमा कसरी सहमति गर्ने भन्नेमा छलफल केन्द्रित रहेको बताउनुभयो । संविधानका विवादित विषयमा बुदाँगत सहमति गर्न सबैले आआफ्ना पार्टीमा र ३० दलीय मोर्चा तथा अन्य पक्षसँग छलफल गर्नेगरी चार शीर्षनेतालाई जिम्मेवारी दिइएको उपाध्यक्ष श्रेष्ठले उल्लेख गर्नु भयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]