संविधानका विवादित विषयमा काँग्रेस र एमाले परिमार्जित धारणासहित प्रस्तुत हुने


?????????????????नेपाली काँग्रेस र नेकपा (एमाले)ले आफ्नो अगुवाईमा अन्य दलहरूलाई सहमतिमा ल्याई संविधानका विवादित विषयमा परिमार्जित धारणासहित प्रस्तुत हुने भएका छन् । प्रधानमन्त्री निवासमा भएको नेपाली काँग्रेस र नेकपा (एमाले)का शीर्ष नेताको बैठकमा ती दलले यसअघि निर्धारण गरेका संविधानका विवादित विषयसम्बन्धी धारणालाई आवश्यक परिमार्जन गर्दै अन्य दलसँगको छलफलमा प्रस्तुत गर्ने समझदारी भएको नेताहरूले बताएका छन् । बैठकपछि एमालेका वरिष्ठ नेता झलनाथ खनालले मुलुक सङ्क्रमणमा रहेका बेला संविधान निर्माणलाई प्राथमिकता दिई काँग्रेस– एमालेकै अगुवाईमा संविधान जारी गराउन लागिपर्ने समान धारणा रहेको बताउनुभयो । यद्यपि उहाँले परिमार्जित अवधारणाबारे स्पष्ट गर्नुभएन । सकेसम्म सहमति नभए प्रक्रियाबाट संविधान बनाउन अन्तिम समयसम्म प्रयास गर्ने उहाँले बताउनुभयो । बैठकमा सहभागी नेपाली काँग्रेसका नेता एवम् अर्थमन्त्री डा रामशरण महतले काँग्रेस, नेकपा (एमाले)लगायत सबै दल एकताबद्ध हुनुपर्ने आवश्यकता औंंल्याउँदै सङ्घीयतालगायत संविधानका अन्तर्वस्तुमा काँग्रेस र एमाले विगतको धारणा भन्दा धेरै पर जान नसक्ने तर केही परिमार्जन गर्न तयार हुने जानकारी दिनुभयो । आफूहरू छ प्रदेशसम्ममा सहमतिमा आउन सक्ने बताउँदै उहाँले सबै विषय विचाराधीन रहेका बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]