संविधान जारीका लागि चार शक्ति सहमति नजिक


?????????????????????संविधान निर्माण, विपद् व्यवस्थापन र राष्ट्रिय सहमतिको सरकार गठनलगायत विषयमा छलफल गर्दै आएका चार प्रमुख राजनीतिक शक्ति सहमति नजिक पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा(माओवादी) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताबीचको आज भएको दोस्रो बैठकमा संविधान जारी गर्ने मिति तय नभए पनि सहमतिका आधारमा संविधान जारी नगरी राष्ट्रिय एकता र सङ्कट समाधान नहुनेमा सिद्धान्ततः सहमति भएको जनाइएको छ । बैठकपछि मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारले नमिलेका कुरा जस्तै सङ्घीयतामा ६ वा ७ प्रदेशमा जाने, निर्वाचन प्रणालीको समानुपातिक र प्रत्यक्षलाई ६०÷४० को अनुपात बनाउने विषयमा सकारात्मक कुराकानी भएको बताउनुभयो । उहाँले बुधबार आफ्ना पार्टीभित्र तथा द्विपक्षीय छलफल गरी जेठ २१ भित्र सहमति गरिने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]