पेरिस घुम्न जाने मायालु जोडीका निम्ति एक कारण घट्यो


parisपेरिसको ख्यातिप्राप्त ‘पोँ देजाटर््स’ पुलमा प्रेमीहरूले लगाएका हजारौँ ताल्चा त्यस नगरका अधिकारीहरूले हटाउने भएका छन् । प्रेमीहरूले आफ्नो शाश्वत प्रेम दर्शाउन उक्त पुलमा ताल्चा लगाउने गरेका थिए भने पेरिस नगरले भने यसले पेरिसको सम्पदालाई नै नष्ट गरेको आरोप लगाउने गरेका छन् । गत गृष्मको समयमा यस्ता ताल्चाको भार बढेकाले त्यसको केही भाग खसेको थियो । अधिकारीहरूले उक्त पुलको किनारमा लगाइएको फलामे बार हटाउन थालेका छन् । उनीहरूले त्यहाँबाट ४५ टन ताल्चा सबै हटाउने योजना बनाएका छन् । एक दशक अगाडि यस्ता ताल्चा देखिन थालेको थियो भने अहिले यसले फ्रान्सको राजधानीको त्यस स्थललाई ढाकेको छ । स्थानीय केही बासिन्दाले यस्तो ताल्चाको विरोधमा अभियान सञ्चालन गरेका छन् । पोँ देजार्ट्स पुलमा अब यस्ता ताल्चा लगाउन नमिल्ने पेक्सिग्लास लगाइने भएको छ । यसो भए पनि यस नगरमा आगन्तुकका लागि सडक कलाका माध्यमबाट पनि प्रेम दर्शाउने विधि खोजिने भएको छ । यसको प्रतिक्रियामा पर्यटकहरुले आफूले पेरिस घुम्ने एउटा कारण गुमाएको भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् । उनीहरु भन्छन्, त्यहाँ पुग्ने चाहना थियो तर, अब यो लभ लकहरु नै हटाएपछि के जानु ?

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]