भूकम्पबाट जीर्ण बनेको चाँगुनारायण मन्दिर उपप्रधानमन्त्रीबाट अवलोकन


?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले भूकम्पबाट जीर्ण भएको चाँगुनारायण मन्दिरको अवलोकन गर्नुभयो । विश्व सम्पदा सूचीमा रहेको उक्त ऐतिहासिकस्थलको स्थलगत निरीक्षण गर्न उपप्रधानमन्त्री गौतमका साथ मन्दिर आउनु भएका उद्योग मन्त्री महेश बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपासुर शेर्पालाई नेकपा (एमाले) चाँगुनारायण नगरसमितिका संयोजक रमेश बुढाथोकी ,प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुर, राष्ट्रियकला सङ्ग्रहालयका प्रमुख अरुणा नकर्मीले मन्दिरका साथै चाँगु क्षेत्रमा भएको क्षतिबारे जानकारी गराउनुभयो । निरीक्षणपछि उपप्रधानमन्त्री गौतमले भूकम्पबाट नासिएका सम्पदा तदारुकताका साथ पुनर्निर्माण एवम् जीर्णोद्धार गरिने प्रतिबद्धता व्यक्त गुनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]