चिकित्सकको लापर्वाहीले गायकको खुट्टाको औंला गुमेको आरोप


legमोरङको विराटनगरस्थित कोसी अञ्चल अस्पतालको हाडजोर्नी विभागको (सि–आरम) मेसिन बिग्रिँदा सो मेसिनले उपलब्ध गराउने सेवा प्रभावित भएको छ । झन्डै रु ५० लाख पर्ने सो मेसिन बिग्रिएपछि अस्पतालले बनाउन नसक्दा सेवा प्रभावित भएको हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा रमेश बस्नेतले बताउनुभयो । डा बस्नेतका अनुसार वृद्धवृद्धाको हिप जोइनको शल्यक्रिया गर्दा, नलीखुट्टामा स्टिल राख्दा, सो मेसिनको मद्दतले काम गरिन्छ । मेसिन बिग्रिएकाले सो अस्पतालमा उपचार गराउन आउने सर्वसाधारण सेवाबाट बञ्चित हुने गरेका छन् । हाडजोर्नीको उपचारका लागि कोसी अञ्चल अस्पताल आउनुभएकी ७५ वर्षीया मुक्तिदेवि साहको सो मेसिन बिग्रिएपछि उपचार हुन सकेन । साहको उपचारका लागि निजी अस्पताल पठाइएको थियो । उता कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरेलले सो मेसिन पुरानो भएकाले काम नलाग्ने बताउनुभयो । उहाँले नयाँ मेसिन स्वास्थ्य मन्त्रालयसंँग माग गरेको उल्लेख गर्नु भयो । उक्त मेसिन ११ वर्षअघि ल्याइएको कोसी अञ्चल अस्पतालले जनाएको छ ।
चिकित्सकको हेल्चेक्र¥्याइँले गायकको देब्रे खुट्टाको औँला गुम्यो
यसैगरी विराटगरका युवा गायक वीरेन्द्रकुमार झाले डाक्टरको लापर्बाहीका कारण देब्रे खुट्टाको दुई वटा आँैला गुमाउनु परेको आरोप लगाउनुभएको छ । विराट नर्सिङहोम प्रालिमा कार्यरत डा सरोज कर्णले लापर्बाही पूर्ण तरिकाले शल्यक्रिया गर्दा देब्रे खुट्टाको आँैला गुमेको हो । आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी उहाँले सरोकारवाला निकायसँग न्यायको लडार्इंमा सहयोग गरिदिन आग्रह गर्नुभयो । गत पुस २३ गते सडक दुर्घटना परी सो अस्पतालमा उपचारका लागि आउनुभएका गायक झालाई डा कर्णले सामान्य केश भएको बताउँदै उपचार गर्ने बताउनुभएको पीडित झाको भनाइ छ । डा कर्णले पीडित झाको दुई पटक शल्यक्रिया गर्नुभएको थियो । उहाँले कागजी प्रक्रिया नमिलाई दोस्रोपटक शल्यक्रिया गरेको पीडितकी श्रीमती सीता कार्की (झा)को भनाइ छ । डा सरोज कर्णले सवारी दुर्घटनामा परी आउनुभएका झाको आँैला नै झर्ने अवस्थामा रहेको दाबी गर्नुभयो । उहाँले आफूले कुनै गल्ती नगरेको बताउनुभयो । गायक झाले मैथिली भाषामा चार वटा एल्बम सार्वजनिक गरिसक्नुभएको छ । त्यस्तै एक दर्जन नेपाली चलचित्रमा आवाज दिइसक्नुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?