सबैलाई परिचालन गरेर सहायताका काम प्रभावकारी बनाउन सुझाव


????????????????????????????????????????????????????????????????????राष्ट्रिय पुनःनिर्माण परामर्श समितिको दोश्रो बैठकमा विभिन्न राजनीतिक दलका नेता तथा विज्ञले राष्ट्रका सबै निकायलाई परिचालन गरेर सहायताका काम प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छन् । भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका काम प्रभावकारी रुपमा संयोजक गर्न गठित समितिको आजको बैठकका अधिकांश वक्ताले वर्षायाम सुरुहुनुअघि नै तत्काल अस्थायी बसोबासको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार, राजनीतिक दल, सरोकारवाला निकाय सबैको सोचमा परिवर्तन नआएसम्म राष्ट्रको नवनिर्माण उचित ढङ्गबाट अगाडि बढ्न नसक्ने बताउनुभयो । बैठकबारे जानकारी दिँदै उहाँले भूकम्पबाट उत्पन्न विपत्तिले एक युग समाप्त पारेको र अर्को युगको सुरुवात भएको अवस्थामा यसअघिका गल्तीको समीक्षा गर्दै नवनिर्माणमा सबैले आफूलाई केन्द्रित गर्नुपर्ने सुझाव आफूले दिएको बताउनुभयो । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले विपत्तिको अवस्थालाई चाँडोभन्दा चाँडो व्यवस्थापन गर्न सरकारले सम्बन्धित निकायलाई प्रभावकारी रुपमा परिचालन गर्नुपर्ने बताउनुभयो । उहाँले विपत्तिको सामना गर्न राष्ट्रिय सरकारको खाँचो औँल्याउनुभयो । सोही दलका नेता माधवकुमार नेपालले भूकम्प प्रभावित क्षेत्रका जनतालाई उचित राहतको व्यवस्था गर्न सबै राष्ट्रिय शक्तिलाई एकताबद्ध बनाएर पीडितका घरदैलोमा पुग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले सरकारी निकायका केन्द्रंीय कार्यालय भूकम्पबाट क्षतिग्रस्त भएकाले पुनःनिर्माण गर्दा भोलि बन्ने राज्यको पुनःसंरचनालाई समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा भएको उक्त बैठकमा विभिन्न राजनीतिक दलका नेता, मन्त्रीगण, उच्चपदस्थ कर्मचारी, विभिन्न आयोगका प्रतिनिधि तथा सरकारी निकायका पूर्व पदाधिकारीले भूकम्पपीडितलाई तत्काल सहायता गर्नुपर्ने सुझाव दिनुुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]