ईस्लामिक स्टेटले रमादी कब्जा गरेपछि अमेरिका र उसका गठबन्धनबीच खटपट


usaअमेरिकी प्रतिरक्षामन्त्री एस कार्टरले रामादीमाथि इस्लामिक स्टेट समूहको नियन्त्रणका विषयमा गर्नुभएको आलोचनालाई इराक तथा इरानले अस्वीकार गरेका छन् भने इरानका एक सैनिक जनरलले अमेरिकासँग कट्टरपन्थीविरुद्ध युद्ध गर्ने चाहना नभएको आरोप लगाएका छन् । बग्दादमा इराकी प्रधानमन्त्रीका एक प्रवक्ताले अमेरिकी प्रतिरक्षामन्त्रीसँग गलत सूचना भएको बताए । इरानको रिभोलुसनरी गार्डका विशेष कुद्स सैनिकका प्रमुख कसिम सोलिमानीले अमेरिकी सेनाका विषयमा आफ्नै मूल्याङ्कन राख्नुभएको छ । हालैका दिनमा इस्लामिक स्टेट समूहले रामादीलाई आफ्नो नियन्त्रणमा लिएको छ र यस लडाकूसमूहविरुद्ध गठबन्धनमा रहेका मुलुकबीच यसका कारण चिरा देखा परेको छ । इराकी सैनिक आफू रहेको स्थानबाट अझै पलायन भएका छन् भने विश्वका सरकारहरूले यस लडाकूलाई रोक्नका लागि इराकी सैनिक तथा अन्य लडाकूमाथि भर पर्ने कार्य सही हो वा होइन भनी प्रश्न गर्न थालेका छन् । अमेरिकी प्रतिरक्षामन्त्री कार्टरले सीएनएनमा ‘स्टेट अफ द युनियन’ विषयक समाचार कार्यक्रममा इराकी सेना इस्लामिक स्टेटका लडाकूभन्दा इराकी सेनाको सङ्ख्या बढी भए पनि उनीहरूले युद्ध गर्ने चाहना नदेखाएको र रमादीबाट उनीहरू पलायन भएको बताउनुभएको थियो । इराकी प्रधानमन्त्री हैदर अल–अबादीका प्रवक्ता साद अल–हादिथीले अमेरिकी प्रतिरक्षामन्त्री कार्टरको भनाइबाट आफ्नो सरकार आश्चर्यमा परेको बताउनुभयो । अल–हादिथीले युद्ध क्षेत्रमा परिस्थिति फरक भएकाले अमेरिकी प्रतिरक्षामन्त्री कार्टरलाई गलत सूचना दिइएको बताउनुभयो । उहाँले एक घटनाका आधारमा सेनामाथि निर्णय गर्न नहुने बताउनुभयो । हादिथीले केही सैनिक कमान्डरको गलत व्यवस्थापन तथा कमजोर योजनाका कारण रमादी गुमेको बताउनुभयो । उहाँले यस विषयमा थप विवरण दिनुभएन । इरानमा रिभोलुसनरी गार्डसँग निकट रहेको दैनिक पत्रिका जवानले रोलिमानीले अमेरिकाले रामादीमा कट्टरपन्थीलाई अगाडि बढ्नबाट अमेरिकी सेनाले नरोकेको आरोप लगाए भनी उद्धरण गरेको छ । उनले अमेरिकासँग इस्लामिक स्टेट समूहसँग युद्ध गर्न चाहना नै नभएको बताउनुभयो । सोलिमानीले इरान तथा उसका गठबन्धनले नै यो चुनौती सामना गर्न सक्ने दाबी गर्नुभयो । अमेरिकी प्रतिरक्षामन्त्री कार्टरका साथै अन्य अधिकारीहरूले इस्लामिक स्टेटका लडाकू अगाडि बढ्दा इराकी सेना भागेको र उनीहरूले हतियार तथा गाडी कट्टरपन्थीका लागि छोडेको आरोप लगाएका छन् । अमेरिकाले यस द्वन्द्वमा हवाई आक्रमण गरिररहेको छ । साथै उसले इराकी सेनालाई उपकरण तथा तालिम उपलब्ध गराएको छ । इरानले सोलेमानीका साथमा सल्लाहकार उपलब्ध गराएको छ । उनीहरूले कट्टरपन्थीसँग युद्ध गर्ने सिया लडाकूलाई निर्देशन दिइरहेका छन् । इरानले इराकमा सेना पठाएको छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]